images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • शाओमीले ल्यायो नेपालमा स्मार्ट मल्टिफंक्शनल राइस...

शाओमीले ल्यायो नेपालमा स्मार्ट मल्टिफंक्शनल राइस कुकर

शाओमीले ल्यायो नेपालमा स्मार्ट मल्टिफंक्शनल राइस कुकर

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी स्मार्ट मल्टिफंक्शनल राइस कुकर सार्वजनिक गरेको छ।

    images
    images

    कार्यक्षमता  अइट इन वन र स्मार्ट एपको साथ राइस कुकरले अतुलनीय सुविधा प्रदान गर्दछ । उच्च-शक्तिको खाना पकाउने, अनुकूलन गर्न मिल्ने सेटिङहरू र विभिन्न पाक आवश्यकताहरू पूरा गर्न प्रयोगकर्ताको अनुकूलमा यो डिजाइन गरिएको छ ।

    लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमी स्मार्ट मल्टिफंक्शनल राइस कुकरले नेपाली घरपरिवारमा स्मार्ट आविष्कारहरू ल्याउने हाम्रो दृष्टिकोणलाई मूर्त रूप दिन्छ। यो उत्पादन असाधारण नतिजाहरू प्रदान गर्दै खाना पकाउन सरल बनाउन डिजाइन गरिएको हो, सबैले न्यूनतम प्रयासमा घरमा पकाएको खानाको आनन्द उठाउन सक्ने कुराको ग्यारन्टी गर्र्छौँ।“

    images
    images

    शाओमी स्मार्ट मल्टिफंक्शनल राइस कुकरमा एक-ट्याप अपरेशन र व्यावहारिक दैनिक रेसिपीहरू छन्, जसले खाना पकाउन भन्दा पहिले सजिलो र सुविधाजनक अवस्था उपलब्ध गराउँछ । यन्त्रले एमआई होम-शाओमी होम  एपमा सहज रूपमा जडान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई टाढाबाट खाना पकाउने कार्यक्रमहरू समायोजन गर्न पाउने अनुमति दिन्छ। चाहे भातको प्रकार छनोट गर्ने, खाना पकाउने समय सेट गर्ने, वा बनावटलाई अनुकूलन गर्ने हो भने, प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने खानाको आनन्द लिन सक्छन्। थप सुविधाहरूमा २४ घण्टा ढिला  टाइमर र १२ घण्टा तातो पना विधि  ‘किप-वार्म’ प्रक्रियाले खाना आवश्यक पर्दा ठीकसँग तयार छ भनी ग्यारन्टी गराइ  समय र श्रम दुवैको बचत गराउँछ ।

    दक्षता र कार्यसम्पादनको लागि डिजाइन गरिएको, राइस कुकरले द्रुत गतिमा तताउने प्रविधिको जानकारी सगौरव दिँदै यो डिभाइसले नरम बनावट र उत्कृष्ट सुगन्धको साथ समान रूपमा पकाएको भातको ग्यारन्टी गर्न लगाउँछ । दोहोरो तापक्रम सेन्सरहरूले खाना पकाउने प्रक्रियालाई वास्तविक समयमा निगरानी गर्दछ । 

    यति सुविधा सम्पन्न शाओमी स्मार्ट मल्टिफंक्शनल राइस कुकरको मूल्य नेपाली बजारमा ७ हजार ९९९ रुपैया रहेको छ । अब यो नेपालभरका एमआई र शाआमीका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend