images

२०८३ आश्विन २२ गते

images
images
images

एक सातामै धरहराबाट १४ लाख ७० हजार राजस्व संकलन

एक सातामै धरहराबाट १४ लाख ७० हजार राजस्व संकलन

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । धरहराबाट सर्वसाधारणका लागि खुला भएको पहिलो सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ । पुनः निर्माण सम्पन्न भएपछि मंसिर ९ गतेबाट शुल्कसहित सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो ।

    images
    images

    कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार एक सातामा ८ हजार ३१६ जनाले धरहरा अवलोकन गरेका छन् । १२ वर्षमुनिका बालबालिकाको तथ्यांक नराखिएको उनले बताए ।

    धरहरा चढ्न प्रतिव्यक्ति शुल्क २ सय तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र अन्य राष्ट्रका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    images
    images

    धरहरा सञ्चालनका लागि सरकारको निर्णयअनुसार विभिन्न शुल्क लागू गरिएको छ । पार्किङ शुल्क दुई पाङ्ग्रेका लागि प्रतिघण्टा १० र चार पाङ्ग्रेलाई २० रुपैयाँ तोकिएको छ । परिसर प्रवेशका लागि ५० रुपैयाँ शुल्क लिने व्यवस्था छ । राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा ५ हजार, भिडियो छायाङ्कनका लागि ५ हजार, र फोटोग्राफीका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend