images

२०८३ कार्तिक १ गते

images
images
images

बैंकमा थुप्रियो साढे ७ खर्ब ११ अर्ब लगानीयोग्य रकम

बैंकमा थुप्रियो साढे ७ खर्ब ११ अर्ब लगानीयोग्य रकम

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौँ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ। नेपाल बैंकर्स संघले कात्तिकमा वाणिज्य बैंकहरुमा कुल निक्षेप ५९ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको जनाएको हो। कर्जा माग नहुँदा ७ खर्ब ११ अर्ब ३८ करोड लगानीयोग्य रकम थुप्रिएको संघका अध्यक्ष सुनिल केसीले बताए। उनले भने, ‘ऋण परिचालन गर्ने नीति कार्यान्वयन पक्ष फितलो भयो।’

    images
    images

    चालु आर्थिक वर्षको कात्तिक मसान्तभित्र कर्जा प्रवाह ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। संघका अनुसार कात्तिकमा लगानीयोग्य रकम थुप्रिएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६३ प्रतिशतसम्म पुगेको छ।

    संघको तथ्यांकमा बैंकहरूको सीडी रेसियो पनि घट्दो छ। बैंक तथा वित्तीय संस्थाहरूले सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ। नेपालका सबै बैंकले सहज रूपमा कर्जा दिने अवस्था रहेको संघले जनाएको छ।

    images
    images

    अध्यक्ष केसीले मंसिरमा कर्जा मागमा सुधार भइरहेको बताए। उद्योग र निर्माण क्षेत्रबाट कर्जा माग नहुँदा बैंकमा पैसा थुप्रिएको उनको भनाइ छ। बैंकको अधिकांश ब्याजदर एकल अंकमा झरेको छ।होटल, पर्यटन, कृषि, साना तथा ठूला उद्योग र निर्माण क्षेत्रमा जुन किसिमले कर्जा माग बढ्नुपर्ने हो त्यो माग नदेखिएको केसी बताउँछन्। मंसिरमा पनि लगानीयोग्य रकम करिब साढे एक खर्ब जति थपिने आकलन उनको छ।

    उद्योग, निर्माण, थोक तथा खुद्रा व्यवसायलगायत क्षेत्र तीन वर्षदेखि ऋणात्मक भएको राष्ट्र बैंकको तथ्यांकमा छ। यही क्षेत्रमा कर्जा माग र व्यापार नबढ्दा समेत बैंकमा पैसा थुप्रिएको राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुुसार विगतमा जस्तै चालु आर्थिक वर्ष पनि लगानीयोग्य रकम बैंकमा जम्मा हुने समस्या दोहोरिएको छ। बैंकमा थुप्रिएको लगानीयोग्य रकम परिचालन गर्न र समस्या समाधान गर्ने विषयमा बैंकसँग सरोकारवाला निकायसँग छलफल भइरहेको उनले बताए।

    बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि सोमबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तानेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तिय संस्थाहरुबाट राष्ट्र बैंकले पैसा तान्ने गरेको छ। यो महिना आर्थिक तरलता खिच्न बैंक तीन पटक पैसा तानिएको प्रवक्ता पौडेलल बताए। लगानीयोग्य रकम थुप्रिन थालेपछि बैंकहरुले ब्याजजदर घटाउँदै आएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend