images

२०८३ कार्तिक २ गते

images
images
images

मुद्दती निक्षेपमा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब ४ करोड लगानी गर्ने भएको छ ।

    images
    images

    सोमबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले बैंकहरुमा सो रकम लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकले बैंकहरुको विभिन्न पेन्सन कोषमा रहेको ४ अर्ब ४ करोड ७९ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो ।

    राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६० करोड ७१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड २३ लाख रुपैयाँ मुद्दती निक्षेपमा जानकारी गराएको छ।

    images
    images

    मुद्दती निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दती निक्षेप २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend