images

२०८३ आश्विन २१ गते

images
images
images

गोरखामा व्यवसायिक कफि खेती

गोरखामा व्यवसायिक कफि खेती

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • सुलीकोट । गोरखाको वारपाका सुलीकोट गाउँपालिका भित्रका सबै वडामा व्यवसायिक कफि खेती सुरु गरिएको छ । पालिका भित्रका कफि खेती गर्न रुचाउने किसानहरुलाई कृषक समूह बनाई कफि खेती सुरु गरिएको वारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।

    images
    images

    उहाँका अनुसार कृषकलाई व्यवसायिक रुपमा अघि बढाउन गत जेठ ६ गते चार पक्षबिच सम्झौता भएको थियो । जसमा प्रथम पक्ष फ्रेसको हिमालय प्राईभेट लिमिटेड, दोस्रो पक्ष कृषक समूह, तेसे पक्ष गाउँपालिका र चौथो पक्ष एकीकरण नेपालबिच कफि खेतीका लागि १० वर्षको सम्झौता भएको उहाँले बताउनुभयो ।

    सम्झौतामा उल्लेख भए वमोजिम कृषक समूहले उत्पादन गरेको कफि फ्रेसको हिमालयन कम्पनीले तोकिएको मूल्यमा खरीद गरी १५ दिनभित्र कृषककोे खातामा हाल्नु पर्ने सम्झौता भएको छ । कफि खेती सेपीलो ठाउँमा राम्रो हुने भएकाले पनि वारपाक सुलीकोट गाउँपालिका कफि खेतीका लागि उपयुक्त क्षेत्र भएको कृष विज्ञ जय बुढाको भनाइ छ ।

    images
    images

    अहिले गाउँपालिकाले कफि खेतीलाई उत्पादन मुलक तथा दिगो बनाउन छाहारी हुने सदाबहार घाँसका बिरुवा उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले उत्पादनका आधारमा कृषकलार्य आर्थिक अनुदान दिने गाउँपालिकाको निति अनुसार नै अघि बढी गाउँपालिकाले जनाएको छ । 

    गाउँपालिकाले कफि खेती गर्ने कृषकलाई आवश्याकताको आधारमा सिँचाइ र मलमा अनुदान दिने छ, अध्यक्ष भट्टले भन्नुभयो, “कृषकको मिहिनेत हेरी कसैको मुख वा राजनीतिक दल हेरी अनुदान दिने अन्त्य गरेका छौं, जसले वास्तबिक कृषकलाई हौसाला मिलोस् ।”कृषकहरुले लगाएको कफि खेतीमा पात डढ्ने, किरा लाग्ने समस्या कफि कृषकको आवाजलाई गाउँपालिकाको कृषि शाखाबाट निःशुल्क त्यसको औषधी उपचार गरिने कृषि शाखा प्रमुख जय बुढाले बताउनुभयो ।

    वारपाक सुलीकोट गाउँपालिका – ३ स्वाँराका कफी किसान चन्द्रमाया तमाङले लगाएको बोट असाध्यै राम्रो भएकाले पनि जसरी बाबु नानीको स्याहार गरिन्छ ठीक त्यसरी नै कफिको स्याहार गर्दा चाडै फल दिएर राम्रो आम्दानी लिन सक्ने विश्वास लिनुभएको छ ।अहिले वारपाक सुलीकोट गाउँपालिकाका कृषकहरुले निकै उत्साहका साथ नौ वटा कृषक समूह बनाई ८ वटा वडाको दुई सय १६ जना किसानहरुले व्यवसायिक कफि खेती सुरु गरेका छन् । एकीकरण नेपालले गाउँपालिकालाई १७ हजार बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकामा १७ हजार कफिबाट उत्पादन भयो भने कफि कृषकलाई राम्रो आम्दानीको स्रोत बन्ने गाउँपालिकाले विश्वास लिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend