images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • एकैदिन १२०० रूपैयाँले घट्यो सुनको...

एकैदिन १२०० रूपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

एकैदिन १२०० रूपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं ।  नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।

    images
    images

    आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

    आइतबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend