images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज...

नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर १७ गते अन्तिम मौका रहेको छ।

    images
    images

    वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले भोलि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ। यसर्थ आज मंसिर १७ गतेसम्म कायम शेयरधनीमात्रै यो संस्थाको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    संस्थाले आफ्नो ११औँ वार्षिक साधारणसभा मंसिर २४ गते गर्ने निर्णय गरेको छ। सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वा २०८०।८१ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु अनुसूचीहरुसमेत छलफल गरी पारित गर्नेछ।

    संस्थाको आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिथमिक निर्धारण गर्ने (यसअघि नियुक्त लेखापरीक्षक थी कुरेर एन भट्टराई एन्ड कम्पनी चार्टर्ड अकाउन्टेन्टस् पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ।सभाले हाल कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस शेयर र ० दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    सभाले संस्थाको संस्थापक र सर्वसाधारणको शेयर पुँजी अनुपात कमरा ७० प्रतिशत ३० प्रतिशत कायम गर्ने प्रयोजनार्थ यसअघि १० औँ वार्षिक साधारणसभाबाट भएको निर्णयानुसार सर्वसाधारणतर्फको थप सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइएकोमा हाल सो स्वीकृत भइ नसकेको परिप्रेक्ष्यमा संस्थाले आर्थिक वर्ष २०८०।८१ को बोनस शेयर वितरणपश्चात् कायम हुने शेयर पुँजीमा साबिक निर्णयबमोजिम ७०ः३० को अनुपातमा संस्थापक तथा सर्वसाधारणको शेयर पुँजी अनुपात मिलान गर्न आवश्यक भएकोले एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

    सभाले उक्त कार्यका लागि नियमनकारी निकायको निर्देशनबमोजिम संस्थाको प्रबन्धपत्र नियमावली संशोधनलगायत अन्य सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्रको दफा २(१) दफा ६ (ख) र दफा ६ (ग) तथा नियमावलीको नियम २ र नियम ३२ (१) (ख) मा आवश्यक संशोधन गर्ने साथै प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियमहरुमा आवश्यक अपघट, परिमार्जन एवं संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका विविध प्रस्ताव पारित गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend