images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • आइएमईको करोडपति योजना जितेकी प्रमीलालाई १...

आइएमईको करोडपति योजना जितेकी प्रमीलालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

आइएमईको करोडपति योजना जितेकी प्रमीलालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ  जितेकी प्रमीला  रोकायालाई आइएमईले  १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।  जापानको क्योदाइबाट आइएमई  रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकि नो मोरी पार्कमा शनिवार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो । 

    images
    images

    नेपालका लागि जापानका राजदूत  डा. दुर्गा बहादुर सुबेदी ,आइएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ  जापानका युचिरो किमोतोले  प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझे पछि प्रमीलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट  नेपालको कैलाली रहेका बाआमालाइ घर बनाइदिने योजना बनाएको बताइन्  ।

    गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।

    images
    images

    आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  गत वर्ष सञ्चालन गरेको "आइएमई गरौँ,करोडपति बनौँ" योजना  अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend