images

२०८३ आश्विन २२ गते

images
images
images

सरकारले स्वीकार्यो एक करोड डलर अमेरिकी ऋण

सरकारले स्वीकार्यो एक करोड डलर अमेरिकी ऋण

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । सरकारले एक करोड डलरको अमेरिकी ऋण स्वीकार गरेको छ।

    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड अमेरिकी डलरको ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

    उनका अनुसार सरकारले एशियाली विकास बैंकबाट क्लाइमेट रिसाइलेन्ट ल्यान्डस्केप बलम लाइभ्लीहुड्स परियोजनाका लागि प्रस्ताव गरिएको एक करोड डलर ऋण सहायता स्वीकार गरेको हो।

    images
    images

    यसका अलावा सरकारले सोही परियोजनाका लागि प्रस्ताव गरिएको दुई करोड २० लाख अमेरिकी डलर अनुदान समेत स्वीकार गर्ने निर्णय गरेको छ।

    साथै बैठकले एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि एक सय १० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend