images

२०८३ आश्विन २२ गते

images
images
images

प्रतिबोरा एक सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य

प्रतिबोरा एक सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौँ । सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको छ । सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ । 

    images
    images

    सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए । तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो । यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् । सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ । 

    सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सञ्चालन खर्चसमेत धान्न मुस्किल भएपछि मूल्य बढाउने सहमति गरिएको बताए । उनले भने, ‘सधैँ यो अवस्थामा रहेर टिक्न सकिँदैन भनेर केही उद्योगहरूले मूल्य समायोजन गरेका छन्, सबैले होइन,’ उनले भने । मारुका अनुसार निर्माणको सिजन भए पनि अहिले उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend