images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • महिनैपिच्छे घट्दै बैंकहरूको बेस रेट,पछिल्लो तथ्यांक...

महिनैपिच्छे घट्दै बैंकहरूको बेस रेट,पछिल्लो तथ्यांक अनुसार कुनको कति ?

महिनैपिच्छे घट्दै बैंकहरूको बेस रेट,पछिल्लो तथ्यांक अनुसार कुनको कति ?

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं ।  अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

    images
    images

    निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । पछिल्लो महिना वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ ।  कात्तिक महिनाको तुलनामा मंसिरमा औसतमा आधार दर घटेको हो ।

    वाणिज्य बैंकहरुको औसत आधार दर मंसिरको लागि ७.३२ प्रतिशत कायम भएको छ । यसअघि कात्तिकमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ७.४४ प्रतिशत थियो ।

    images
    images

    यो अवधिमा पाँचवटा वाणिज्य बैंकको आधार दर ७ प्रतिशतभन्दा तल छ । स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको बेस रेट ७ प्रतिशतभन्दा तल आएको हो । यस अवधिमा सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको औसत आधार दर जम्मा ५.५३ प्रतिशत निर्धारण भएको छ ।

    मंसिर महिनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर  ६.०१, नेपाल बैंकको ६.६२, एभरेष्टको ६.४९ र नबिल बैंकको ६.७६ प्रतिशत छ । एनआईसी एशिया र हिमालय बैंकको आधार दर ८ प्रतिशत माथि छ । बाँकी सबै बैंकको आधार दर ८ प्रतिशतभन्दा तल छ ।

    आधार दर घट्नु भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो । बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर, ब्याजदर घट्दै आएपनि कर्जाको माग बढ्न सकेको छैन । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend