images

२०८३ आश्विन २१ गते

images
images
images

सिङ्गो गाउँ नै व्यावसायिक तरकारी खेतीमा

सिङ्गो गाउँ नै व्यावसायिक तरकारी खेतीमा

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • वालिङ । पछिल्लो समय गाउँको खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेको छ । गाउँमा भएको प्रसस्त जग्गा बाझै राखेर बजारको घरमा कौशी खेती गर्नेहरुको पनि कमी छैन ।

    images
    images

    स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकको भने फरक अवस्था छ । यहाँका स्थानीयवासी व्यावसायिक तरकारी खेतीमार्फत गाउँलाई नै नमूना बनाएका छन् । पित्लेकका नागरिक गाउँमा नै मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्न सफल भइरहेका छन् ।

    २०५० सालमा यज्ञप्रसाद लामिछानेको करेसाबारीबाट सुरु भएको तरकारी खेतीले अहिले गाँउलाई नै तरकारीको नमूना गाउँका रुपमा परिचित बनाएको हो ।

    images
    images

    २०७६ सालबाट गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाँउ घोषणासँगै तरकारी उत्पादन तथा यसमा लाग्ने कृषकको सङ्ख्या पनि बढ्दै गएको कृषक रामप्रसाद लामिछाने बताउनुभयो । लामिछाने व्यावसायिक तरकारी खती गर्दै आउनुभएको छ ।

    कृषकहरुले जनकल्याण कृषि सहकारी संस्था स्थापना गरी सामूहिक उत्पादन र बजारीकरणको क्षेत्रमा काम गर्दै आइरहेकाछन् । १४२ घरधुरी सहकारी सदस्यमध्ये ७२ घरधुरीले पूर्णरुपमा व्यावसायिक तरकारीखेती गर्दै आएका संस्थाका प्रबन्धक हुमनाथ लामिछानेले जानकारी दिनुभयो ।

    गाउँमा पानीको सहज उपलब्धता छैन तर पनि गाउँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो । विशेष गरी गोलभेडा, बन्दा, काउली, सिमी, बोडी, अदुवालगायतका तरकारी यहाँका मुख्य उत्पादन हुन् ।

    गाउँ भरी नै टनेल मात्रै देखिन्छन् । टनेल भित्र मौसमी तथा बेमौसमी तरकारी फलिरहेका छन् । व्यापारीहरु तरिकारी लिनका लागि गाउँमा नै आइपुग्छन् । गाउँका ७२ घर परिवारले न्यूनतम वार्षिक एकसय क्वीन्टलभन्दा बढी तरकारी उत्पादन गरी बिक्रीवितरण गर्ने गरेका छन् ।

    गाउँबाट सहकारीमार्फत वार्षिक ७० मेट्रिक टनभन्दा बढी मौसमी तथा बेमौसमी तरकारी वालिङ, गल्याङ, स्याङ्जासँगै पोखरा तथा बुटबलमा खपत हुने गरेको प्रबन्धक लामिछानेको भनाइ छ । एक कृषकहरुले बार्षिक रुपमा कम्तीमा ६ देखि १५ लाखसम्म कमाउने गरेका छन् । कारोवारको हिसावमा करोडौंको तरकारी बजारसम्म पुग्ने व्यवस्थापक लामिछानेको भनाइ छ । पित्लेकमा मात्रै वार्षिक रुपमा पाँच करोडभन्दा धेरै रकम भित्रने उहाँले बताउनुभयो ।

    तरकारी उत्पादन भए बजारको समस्या नरहेको कृषकको भनाइ छ । कृषक रामप्रसाद लामिछाने भन्नुहुन्छ, “उत्पादन भएका तरकारी नजिकैको वालिङ बजार तथा अन्य स्थानीय बजारमा खपत हुने गरेको छ, जागर हुनुप¥यो बजारको कुनै समस्या छैन ।”पानीको अभावका कारण बाह्रैमास तरकारी लगाउन सकिने अवस्था नभएको कृषकको गुनासो छ । लिफ्टिङ गरिएको पानीले मान्छेका लागि खान तथा गाईवस्तुलाई खुवाउनका लागि ठिक्क छ, तरकारीमा सिँचाइ गर्न त निक्कै कठिनाइ छ तर पनि हामी गरिरहेका छौं कृषक भन्छन् ।

    बजारसम्म पुग्नका लागि पक्की सडक निर्माण गरिएसँगै तरकारीको ढुवानीमा सहज भएको छ भने बिना विद्युतीय ग्राभिटी रोपवेले पनि ढुवानीमा सहजता भएको सहकारीका प्रबन्धक लामिछानेले बताउनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend