images

२०८३ आश्विन २२ गते

images
images
images

तीन महिनामा रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि

तीन महिनामा रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आएको छ।

    images
    images

    राष्ट्र बैंकले आज सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिको समीक्षा अन्तर्गत निर्यात जम्मा ३८ अर्ब ३८ करोडको मात्रै भएको छ।

    निर्यातमा कमी भएसँगै आयातमा घटेको छ। ३ महिनाको अवधिमा आयात ४.२ प्रतिशतले कमी भएर ३ खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ।

    images
    images

    साथै व्यापार घाटामा समेत कम भएको छ। ३ महिनाको अवधिमा व्यापार घाटा ४ प्रतिशतले कमी भएर ३ खर्ब ५२ अर्ब ३७ करोड रहन गरेको छ।

    त्यस्तै, विप्रेषण आप्रवाह (रेमिट्यान्स) ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो।अघिल्लो आर्थिक वर्षमा मौद्रिक नीतिको पहिलो समीक्षाको अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भएर ३ खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो। जुन चालू आर्थि वर्षमा समेत बढेर गएको छ।

    त्यस्तै, चालू आर्थिक वर्षको ३ महिनामा चालू खाता १ खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति (मुलुकमा भित्रिने रकम र बाहिरिने रकमको अन्तर) १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा छ।यो अघिल्लो आर्थिक बर्षमा चालू खाता ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा रहेको मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले उल्लेख गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend