images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • पहिलो त्रैमासमा राष्ट्र बैंकले खिच्यो ७८...

पहिलो त्रैमासमा राष्ट्र बैंकले खिच्यो ७८ खर्ब ३३ अर्ब रुपैयाँ

पहिलो त्रैमासमा राष्ट्र बैंकले खिच्यो ७८ खर्ब ३३ अर्ब रुपैयाँ

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो तीन महिनामा ७८ खर्ब (कारोबारमा आधारित) बढी तरलता प्रशोचन गरेको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष  २०८१-८२ को पहिलो त्रैमासमा पटक–पटक गरी ७८ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरेको जनाएको छ । राष्ट्र बैंकले यस अवधिमा निक्षेप संकलन बोलकबोल मार्फत ५ खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड  गरी कुल ७८ खर्ब ३३ अर्ब ४० करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख गरेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ३ खर्ब ६३ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको थियो।

    images
    images

    समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ४७ करोड खुद खरिद गरी १ खर्ब ९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २६ करोड खुद खरिद गरी १ खर्ब ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो।

    समीक्षा अवधिमा अमेरिकी डलर ८२ करोड २० लाख बिक्री गरी १ खर्ब १५ अर्ब ६६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend