images

२०८३ आश्विन २२ गते

images
images
images

सिमेन्टको मूल्य प्रतिबोरा १०० ले बढ्यो, खारेज गर्न माग

सिमेन्टको मूल्य प्रतिबोरा १०० ले बढ्यो, खारेज गर्न माग

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टलगायत निर्माण सामाग्रिको मूल्य वृद्धिको विरोध गरेको छ । आज महासंघले विज्ञप्ति निकालेर मूल्य वृद्धि नै खारेज गर्न माग गरेको हो । पटक पटक गरेर १ महिनामा नै सिमेन्टको मूल्य प्रति बोरा १ सय रुपैयाँ मूल्य वृद्धि भएको महासंघले बताएको छ ।

    images
    images

    ‘सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्य वृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गरी प्रति बोरा १ सयभन्दा बढी मूल्य वृद्धि गरिएको छ । निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेन्ट उद्योगीहरूले मूल्य वृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको यस महासंघको ठहर छ ।’

    विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्य वृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले बताएको छ । मूल्य वृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पर्ने बताएको छ ।

    images
    images

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend