images

२०८३ आश्विन २२ गते

images
images
images

दुई अर्ब रूपैयाँको नागरिक बचतपत्र विक्री गर्दै सरकार

दुई अर्ब रूपैयाँको नागरिक बचतपत्र विक्री गर्दै सरकार

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं ।  सरकारले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले मसिंर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको बचतपत्र विक्री गर्न लागेको हो ।

    images
    images

    विक्री सम्पन्न भएपछि पुस १६ गते बचतपत्र निष्काशन हुनेछ । यो बचतपत्र नेपाली नागरिक (गैर आवसीय नेपाली नागरिक समेत) ले मात्र खरिद गर्न सक्नेछन् ।

    यस बचतपत्रमा नागरिकले ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो।

    images
    images

    यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय पाँच वर्ष रहनेछ। आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ। बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध  हुने र आवेदन पोर्टल मार्फत  इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

    यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरू अनलाइन अपलोड गर्नुपर्नेछ बचतपत्रका लागि न्यूनतम आवेदन रकम १० हजार रूपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासन रकमको आधारमा तोकिएको छ।

    यसमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने छैन र सबै आवेदन विधिपूर्वक स्वीकृत हुनु पर्नेछ। सरकारले यस बचतपत्रको माध्यमबाट नेपाली नागरिकलाई सुरक्षित र आकर्षक लगानी अवसर प्रदान गर्दै, सार्वजनिक ऋण व्यवस्थापनमा थप सुधारको योजना अघि बढाएको जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend