images

२०८३ आश्विन २२ गते

images
images
images

सामाजिक सुरक्षा कोष : १९ हजार बढी रोजगारदाताको योगदान रकम ६८ अर्ब ६८ करोड

सामाजिक सुरक्षा कोष : १९ हजार बढी रोजगारदाताको योगदान रकम ६८ अर्ब ६८ करोड

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन समेत भएको छ ।

    images
    images

    कोष संचालनमा आएको सात बर्षमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत हुँदा कोशी प्रदेशका दुई हजार ९६, मधेशका एक हजार ६, बागमती प्रदेशका १३ हजार ५३०, गण्डकी प्रदेशका ९५०, लुम्बिनी प्रदेशका एक हजार ६३१, कर्णाली प्रदेशका २६५ र सुदूर पश्चिमका २९१ रोजगारदाता सुचीकृत भएका हुन् ।

    त्यस्तै वैदेशिक रोजगारीमा रहेका १२ लाख ५३ हजार ६१५ जना कोषमा आबद्ध भएका छन् । अनौपचारिक क्षेत्रका ३०७, स्वरोजगार २२७ जना कोषका आबद्ध भएको कोषको तथ्यांकमा उल्लेख छ ।

    images
    images

    औषधी उपचा, स्वास्थ्य तथा मातृत्व तथा आश्रित परिवार सुरक्षा योजनामा चार अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ । वृद्ध अवस्था सुरक्षा योजनामा ५५ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । अतिरिक्त योगदानमा एक अर्ब १७ करोड जम्मा भएको छ । 

    कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत एक अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा योजना बापत कोषले १५ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

    आश्रित परिवार सुरक्षा योजना वापत १८ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने वृद्ध अवस्था सुरक्षा योजना बापत कोषले नौ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको छ । कोषले एक लाख ८० हजार ९२२ योगदानकर्तालाई पाँच लाख ५७७ पटक दाबी भुक्तानी गरेको छ ।

    सरकारले २०७५ मंसिर ११ गतेदेखि कोषका औपचारिक सुरुवात गरेको हो । मंगलबार कोषले आफ्नो स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ । 

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend