images

२०८३ आश्विन २२ गते

images
images
images

५० करोड रुपैयाँ लगानीमा पोखरामा चाइनिज इटा उद्योग, झन्डै १०० जनालाई रोजगारी

५० करोड रुपैयाँ लगानीमा पोखरामा चाइनिज इटा उद्योग, झन्डै १०० जनालाई रोजगारी

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । पोखराको पोल्याङमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले एक सय युवालाई रोजगारी प्रदान गर्न सफल भएको छ । अत्याधुनिक, वातावरणमैत्री प्रविधिमा चाइनिज इटाको उत्पादन गर्दै आएको यस होफम्यान क्लिन इटा उद्योगले झन्डै एक सय युवालाई रोजगारी दिन सफल भएको जनाएको छ । यद्यपि उत्पादनको धेरैजसो काम मेशिनमार्फत गरिन्छ । तथापि उद्योगले एक सय जना नेपालीहरूलाई रोजगारी उपलब्ध गराउन सकेको जानकारी कम्पनीले दिएको छ ।

    images
    images

    कम्पनीले आफ्नै ८५ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरी एक वर्षअघि इटाको उत्पादन सुरु गरेको थियो । झन्डै ५० करोड रुपैयाँ लगानीमा जर्मन होफम्यान क्लिन प्रविधि प्रयोग गरी इटा उत्पादन गर्दै आएको कम्पनीले वार्षिक एक करोड इटा उत्पादन क्षमता रहेको जनाएको छ ।

    पोखरा इको रेड ब्रिक्स प्रालिका टेक्निकल डाइरेक्टर इन्जिनियर कृष्णभक्त दुवालले उद्योग स्थापना भएदेखि अहिलेसम्म करिब एक सय नेपाली युवालाई रोजगारी दिन सफल भएको जानकारी गराए । उनले जानकारी दिएअनुसार, यो प्रविधि ४५ वर्षअघि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा प्रयोग गरिएको इटा पोल्ने प्रविधिको आधुनिक रूप भएको कम्पनीले बताएको छ ।

    images
    images

    सामान्यतया इटा पोल्ने संरचना र जनशक्ति भारतको विहारबाट आएका मजदुरहरूले सञ्चालन गर्दै आएका थिए । तर, पोखराको पोल्याङमा होफम्यान क्लिन प्रविधि प्रयोग गरी नेपाली जनशक्तिबाट नै उत्पादन सुरु गरेका छौं,’ डाइरेक्टर दुवालले भने । कारखाना पोखरा र दमौलीबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित रहेको छ ।

    जर्मन वैज्ञानिक फ्रेडरिक होफम्यानले सन् १८५८ मा विकास गरेको होफम्यान क्लिन प्रविधिबाट इटा पोल्नका लागि आधुनिक भटाको निर्माण गरी उत्पादन सुरु गरिएको थियो । नेपालमा यो प्रविधि भित्रिएको लगभग आधा शताब्दीपछि यस प्रविधिमार्फत अत्याधुनिक चाइनिज इटा उत्पादन गर्न सफल भएको हो । संसारभरि नै यो होफम्यान प्रविधिलाई इटा उत्पादनमा वातावरणमैत्री प्रविधि मानिन्छ ।

    यस प्रविधिबाट उत्पादन गर्दा अधिकांश काम मेशिनले नै गरिनेछ । ड्रायर बनिसकेपछि वर्षभरि कारखाना सञ्चालन गर्न सकिनेछ । प्रालिले आफ्ना इटा देशभर डेलिभरी गर्न सक्ने क्षमता रहेको बताएको छ ।नेपालमा यसअघि यो प्रविधिमा आधारित दुईवटा चाइनिज इटा उद्योग—भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग—थिए । तीमध्ये भक्तपुर इटा तथा टायल उद्योग अहिले निजी क्षेत्रद्वारा सञ्चालन हुँदै आए पनि हरिसिद्धि कारखाना बन्द भइसकेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend