images

२०८३ आश्विन २२ गते

images
images
images

पशुपालन फार्मबाट वार्षिक १५ लाख आम्दानी

पशुपालन फार्मबाट वार्षिक १५ लाख आम्दानी

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौँ, ११ मङ्सिरः तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्र गोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाख सम्म आम्दानी गरिरहनु भएको छ । नेपाल प्रहरीबाट सेवा निवृत्त भए पश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नु भएका उहाँले सबै खर्च कटाएर वार्षिक रु ६ लाख बचत हुने गरेको बताउनुभयो । 

    images
    images

    डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत गर्नुभएको थियो । उहाँले व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल हुनु भएको छ । विगत छ वर्ष देखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारी समेत दिनुभएको छ । 

    सुरुका वर्षमा स्थानीयको एक कच्ची घर सहित केही जमिन भाडामा लिएर व्यवसायको सुरु गरे पनि अहिले आफ्नै पाँच कठ्ठा जमिनमा बाख्राका लागि खोर तथा घाँसका लागि रूख निर्माण गरेको डाँगीले बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिले साना र ठूला गरी दुई दर्जन बढी बाख्रा छन् । 

    images
    images

    दसैँको समयमा १० वटा खसी आठ वटा बोका बिक्री गरेको डाँगीले जानकारी दिनुभयो । खसी अधिकांश २५ किलो माथि र बोका १३ देखि १५ किलोका बिक्री गर्दा मनग्ये आम्दानी भएको भन्दै जिउँदो खसी प्रति केजी रु आठ सय र बोका जिउँदो रु सात सय ६५ का दरले बिक्री गरेको उहाँले बताउनु भयो ।

    डाँगीले फार्ममा अहिले सम्म रु १५ लाख बढी लगानी भइसकेको बताउनु भयो । खसी, बोका र बाख्राको मल बिक्रीबाट वार्षिक रु १४ देखि १५ लाख सम्म आम्दानी हुने गरेको जनाउँदै सबै खर्च कटाएर वार्षिक रु ६ लाख सम्म बचत हुने गरेको उहाँले उल्लेख गर्नुभयो । 

    घाँसको पर्याप्त उत्पादन नहुँदा, दाना तथा चरण लगायत अन्य सामग्री खरिद गर्नुपरेकाले लागत खर्च बढेको पनि डाँगीले बताउनु भयो । “अहिले सम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाए पनि आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उहाँले भन्नुभयो । 

    कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले फार्ममा विभिन्न ठाउँबाट बाख्रा हेर्न, जानकारी लिन तथा खरिदका लागि मानिस आउने गरेका डाँगीले बताउनु भयो । किसान द्वारा उत्पादित सामग्रीलाई बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न कृषिमा अनुदान, आर्थिक सहयोग तथा सीप विकासमा स्थानीय सरकार केन्द्रित हुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend