images

२०८३ आश्विन २० गते

images
images
images

श्रमचेतना विषयक राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

श्रमचेतना विषयक राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रम चेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गर्नुभएको थियो ।

    images
    images

    समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो  ।

    राष्ट्रव्यापी कविता प्रतियोतिमा प्रथम विवेक पराजुलीलाई नगद पुरस्कार रु. ५०  हजार, द्वितीय देवी प्रसाद बराललाई रु. ३५ हजार तथा तृतीय भीष्मराज काफ्ले र गौरी कँडेललाई रु. २० हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा डा. कोमल फुँयालले विश्व साहित्यको पृष्ठभूमिमा नेपाली साहित्यमा श्रमचेतना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि डा. तारालाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।

    images
    images

    ‘निस्टा आवाजः सृजनामा श्रम’ आवाज मूल नाराका साथ आयोजित समारोहमा निष्टाका सल्लाहकार संयोजक मुकुन्द गौतम र अनुसन्धान सल्लाहकार डा. दशरथ न्यौपानेलाई सम्मानित गरिएको थियो । सो अवसरमा निस्टा बागमती प्रदेश द्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा यान्त्रिक माध्यमद्वारा आयोजित समारोहका अभिनन्दित शोधार्थीलाई समेत सम्मान गरिएको प्रदेश अध्यक्ष कल्पना अधिकारीले जानकारी दिनुभयो ।

    सभापितको आसनबाट बोल्दै केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले निस्टाले पेशागत सवालका अतिरिक्त शिक्षक तथा विद्यार्थीकेन्द्रित सृजनात्मक र अनुसन्धान मूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । शिक्षक कर्मचारीको न्यूनतम तलबमान र सामाजिक सुरक्षाका सवालमा निरन्तर संघर्षरत रहेकोमा जोड दिँदै अध्यक्ष चालिसेले शिक्षक विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउन प्रदेशस्तरमा समेत विभिन्न रचनात्मक तथा साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । यसै वर्षको अन्त्यसम्ममा मैथिली भाषा, साहित्य र संस्कृतिमा श्रमचेतना विषयक प्रदेशस्तरीय गोष्ठी तथा कविता प्रतियोगिता आयोजना हुने निस्टाले जनाएको छ ।

    समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर, ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपाली,  ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष खिलनाथ दाहाल, पब्लिक क्याम्पस प्राध्यापक संघका सल्लाहकार प्रा.डा. घमानसिंह खड्का,  नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, नेपाल लेखक संघ महासचिव सोझो गाउँले लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend