images

२०८३ आश्विन २० गते

images
images
images

‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोडभन्दा बढी

‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोडभन्दा बढी

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ २६औं दिनमा प्रदर्शनरत छ ।

    images
    images

    सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनिसकेको यसको कमाईको रफ्तार अहिले पनि गज्जबकै छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात् शनिबारसम्मको आम्दानी सार्वजनिक गरेको छ ।

    फिल्मले ४३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको वितरक मनोज राठीले जानकारी दिए ।

    images
    images

    सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा रहेका छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ ।

    सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।

    यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend