images

२०८३ आश्विन २२ गते

images
images
images

सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेसलाई मध्यमस्तरिय करदाता कार्यालयको सम्मान

सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेसलाई मध्यमस्तरिय करदाता कार्यालयको सम्मान

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ ।

    images
    images

    गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित कर दातासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान गरेकी हुन् ।

    सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरिन् ।

    images
    images

    कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरि दीन कार्यालयको तर्फबाट अनुरोध गर्दै कर शिक्षा , वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो ।

    सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु कर दाताको दायित्व मात्र नभएर कर्तब्य पनि हो र सबै जनाले पारदर्र्शी रूपमा कर तिरि समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागि अनुरोध समेत गरे ।

    साथै मध्यमस्तरिय करदाता कार्यलयले व्यव्सायी मैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यबाद समेत व्यक्त गरे ।

    मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरु मध्ये सबै भन्दा बढी कर बुझाए पछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो ।
    आर्थिक वर्ष २०७९।८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।
    कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९।८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १८ वर्ष देखि संसार भर बाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend