images

२०८३ कार्तिक ३ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एसियाको स्वामित्वमा रहेको चार कम्पनीको...

एनआईसी एसियाको स्वामित्वमा रहेको चार कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

एनआईसी एसियाको स्वामित्वमा रहेको चार कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको चार कम्पनीको  लिलामी शेयर भर्ने आज अन्तिम दिन रहेको छ । नागरिक लगानी कोष, सूर्योदय वोमी लघुवित्त, सूर्यज्योति लाइफ इन्सुरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को लिलामी शेयर भर्ने आज अन्तिम दिन हो । 

    images
    images

    बैंकले मंसिर ३ गतेदेखि सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो । आज कार्यालय समयसम्म भित्रमा आवेदन दिनु पर्नेहुन्छ । 

    जसमा सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । यी कम्पनीको सेयर बिक्रीबाट बैंकले न्यूनतम ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ । 

    images
    images

    उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

    शेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौँको थापाथली ट्रेड टावरस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।  

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend