images

२०८३ आश्विन २२ गते

images
images
images

नुवाकोटका उत्कृष्ट छ उद्यमी सम्मानित

नुवाकोटका उत्कृष्ट छ उद्यमी सम्मानित

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • नुवाकोट । दशौँ उद्योग दिवसका अवसरमा नुवाकोटका उत्कृष्ट छ उद्यमीलाई सम्मान गरिएको छ । विदुर स्थित उद्योग तथा वाणिज्य कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मनमैंजु इण्डष्ट्रिज विदुर–५ का अमृत प्रसाद दुवा, बागमती ग्याबिन बक्स उद्योग विदुर–९ का उपेन्द्र बुढाथोकी, लप्सी क्याण्डी उद्योग विदुर–१२ का ज्ञानु तामाङ, नमुन्चेत कृषि फर्म ककनी–२ का कान्छी माया तामाङ, वाइबा कृषि फर्म म्यागङ–३ का प्रकाश तामाङ र जलेश्वर बाख्रा फर्म तादी–३ का रमेश कुमार बस्नेत सम्मानित चएका हुन । 

    images
    images

    जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले प्रशंसापत्र र खादा ओढाएर उनीहरुलाई सम्मान गरेका थिए । उद्यमी छनोट गर्न गठिन समितिले उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका उद्यमीमध्येबाट फरक–फरक विधामा योगदान पु¥याउँदै आएका मध्ये उत्कृष्ट छनोट गरेर सिफारिस भए अनुसार उनीहरुलाई सम्मान गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

    उनको अनुसार उद्यमीलाई गरिएको सम्मानबाट उद्योग क्षेत्रमा विकास, वृद्धि र थप लगानीको लागी आकर्षण बढाउन टेवा पुग्ने विश्वास लिइएको छ । कार्यालयले दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका विभिन्न ५० जना उद्यमी तथा उद्योगले उत्पादन गरेका पाँच सय भन्दा बढी सामग्रीको बिक्री एवं प्रदर्शनी समेत सञ्चालन ल्याएको छ । आइतबार देखि सुरु भएको प्रदर्शनीमा स्थानीय कृषि उब्जनी र हस्तकलाबाट निर्मित सामग्री रहेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend