images

२०८३ कार्तिक ३ गते

images
images
images

साढे १८ अर्बले वाणिज्य बैंकको निक्षेप घट्दा कर्जा प्रवाहमा पनि गिरावट

साढे १८ अर्बले वाणिज्य बैंकको निक्षेप घट्दा कर्जा प्रवाहमा पनि गिरावट

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं।  पछिल्लो १ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनको अवस्था कमजोर देखिएको छ ।  कात्तिक मसान्तसम्म असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकको निक्षेप १८ अर्ब ५५ करोड रुपैयाँले घटेको छ ।

    images
    images

     नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । बैंकर्स संघको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म ५९ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका २० वाणिज्य बैंकहरुले असोज मसान्तसम्म  ५९ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

    यसअवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने २ अर्ब ५ करोड रुपैयाँले घटेको छ । कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ४६ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज मसान्तसम्म बैंकहरुले ४६ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

    images
    images

    निक्षेप र कर्जामा ग्लोबल आइएमई अगाडि

    यो अवधिमा सबैभन्दा धेरै निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंक रहेको छ । यसअवधिसम्म ग्लोबल आइएमईले ५ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । दोस्रोमा नबिल बैंक रहेको छ । यस्तै यो अवधिमा नबिलले ४ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप संकलन ४ अर्बभन्दा माथि रहेको छ । यो अवधिमा सबैभन्दा कम निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा भने स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । यसअवधिमा स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ भने ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    सीडी रेसियो कति ?

    कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको सीडी रेसियो कुनै बैंकको ६३ प्रतिशतसम्म पनि झरेको छ । कर्जा प्रवाहमा सुस्तता आएसँगै बैंकहरुको सीडी रेसियो घट्न थालेको हो । वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतसम्म कायम हुन पाउँछ । तर,पछिल्लो समय तरलताको चाप बढ्दै गएकपछी सीडी रेसियो न्यून बिन्दुमा आएको छ ।

    कात्तिक मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.०१ प्रतिशतमा झरेको छ भने स्ट्यान्डर्ड चार्टड बैंकको सीडी रेसियो ६८.८३ प्रतिशत छ । यस्तै, ८ बैंकको सीडी रेसियो भने ७० प्रतिशतभन्दामाथि ८० प्रतिशतभन्दा कम रहेको छ । १० बैंकको सीडी रेसियो भने ८० प्रतिशतभन्दा माथि छ । सबैभन्दा धेरै सीडी रेसियो प्राइम कमर्सियल बैंकको ८५.४१ प्रतिशत छ । एनएमबि बैंकको सीडी रेसियो ८४.३८ प्रतिशत छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend