images

२०८३ कार्तिक ३ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ...

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९औँ बैठकले आजदेखि लागु हुनेगरी कायस्थलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

    images
    images

    करिब १४ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय प्रमेश हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजारसम्बन्धी विषयमा उनको दक्षता रहेको बैंकले जनाएको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक पनि हुन् ।

    डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।भौतिक कार्डको आवश्यकता नपर्ने र २ लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्डमार्फत ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

    images
    images

    बैंकका अनुसार भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटलरुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्छन् ।साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ को पनि सुरुवात गरेको जनाएको छ। बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो ।

    यस योजनाअन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउनेछन् ।सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend