काठमाडौँ, ८ मङ्सिरः १९ औँ संस्करणको ‘मिस टिन नेपालः२०२४’ को उपाधि सारा पाण्डेले चुम्नुभएको छ । काठमाडौं जेसिजले आयोजना गरेको मिस टिन नेपाल भ्वाइसको स्टुडियोमा आयोजित कार्यक्रममा उहाँले मिस टिन नेपालको उपाधि चुम्नुभएको हो ।
पाण्डेले ५० हजार रुपैयाँ नगद सहित विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गर्नुभएको छ । शीर्ष उपाधिसँगै उहाँले मिस फोटोजेनिक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गर्नुभयो ।
त्यसैगरी फस्ट रनर अपमा सुविका उपाध्याय र सेकेण्ड रनर अपमा समृद्धि पोख्रेलले उपाधि हासिल गर्नु भयो । फस्ट रनर अपले ३० हजार नगद र सेकेण्ड रनर अपले २० हजार नगद प्राप्त गर्नु भएको छ ।




.gif)





