images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • राष्ट्र बैङ्कको रिपोर्टः गण्डकीमा कृषि भूमि...

राष्ट्र बैङ्कको रिपोर्टः गण्डकीमा कृषि भूमि घट्यो

राष्ट्र बैङ्कको रिपोर्टः गण्डकीमा कृषि भूमि घट्यो

images
images
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको अवस्था चित्रित गरेको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०।८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।

    images
    images

    अध्ययनअनुसार सो प्रदेशमा  चार लाख लाख ३७ हजार नौ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने दुई दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ । त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव ४१ प्रतिशत, आठ दशमलव २३ प्रतिशत र आठ दशमलव ३८ प्रतिशतले कमी आएको छ ।

    प्रमुख कृषि बालीको उत्पादनमा भने चार दशमलव ७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ।खाद्य तथा अन्य बालीको उत्पादनमा चार दशमलव ७१ प्रतिशत, तरकारी उत्पादनमा पाँच दशमलव ४४ प्रतिशत, फलफूल उत्पादनमा तीन दशमलव ८० प्रतिशत र मसला उत्पादनमा चार दशमलव ५२ प्रतिशतले वृद्धि भएकोछ ।

    images
    images

    समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन तीन दशमलव ३८ प्रतिशत, अण्डाको उत्पादन १५ दशमलव २९ प्रतिशत र मासुको उत्पादन एक प्रतिशतले ह्रास आएको छभने माछाको उत्पादनमा चार दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

    वनजन्य उत्पादनतर्फ काठको उत्पादनमा २६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छभने दाउरा उत्पादनमा तीन दशमलव १४ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव १४ प्रतिशत रहेको छ ।

    त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२ दशमलव चार प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृिद्ध भएको छ भने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ ।

    बैङ्क तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव ८८ प्रतिशत अर्थात् रु ३१ अर्ब एक करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । सो प्रदेशमा पर्यटक आगमनको सङ्ख्या छ दशमलव एक प्रतिशतले वृद्धि भई ५५ हजार एक सय ४९ रहेको छ । त्यस्तै होटलको शय्या सङ्ख्या बिक्री २४ दशमलव तीन प्रतिशतले वृद्धि भई ७३ हजार एक सय २६ रहको छभने होटलहरुको अकुपेन्सी ३० दशमलव ७३ प्रतिशत छ । जुन गत वर्ष २४ दशमलव ६१ प्रतिशत थियो ।

    आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा  २१ हवाई कम्पनी मार्फत उडान भई ११ हजार चार सय ८५ पटक उडान भएको छ भने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७ दशमलव ८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४ दशमलव ५४ प्रतिशत थियो ।

    सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराई लगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः तीन दशमलव ४० प्रतिशत र चार दशमलव १६ प्रतिशतले कमी आएको छ । साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत दुई दशमलव ८२ प्रतिशतले कमी आएको छ ।

    समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई पाँच पाँच खर्ब ३४ अर्ब ४० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने एक दशमलव सात  प्रतिशतले ह्रास भई  तीन  खर्ब ४९ अर्ब सात करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्ष भन्दा नौ दशमलव ९० प्रतिशतले वृद्धि भई २३ अर्ब ७६ करोड पुगेको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend