images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर...

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : मन्त्री सिंह

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : मन्त्री सिंह

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको मुख्य भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभएको छ। 

    images
    images

    कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो। 

    उहाँले कृषि विकास बैंक निजी क्षेत्रका बैंकभन्दा फरक र मुख्य भूमिकामा रहेको उल्लेख गर्नुभयो। यस बैंकले किसानको घरदैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दा बढी जिम्मेवारी रहेको बताउनुभयो। बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उहाँले सुझाव दिनुभयो। “कृषि विकास बैंकले जनताको सेवामा निरन्तर योगदान दिँदैआएको छ”, उहाँले भन्नुभयो, “सेवामा खटिने कर्मचारीको समस्या सुल्झाएर बैंक बलियो बनाउनतर्फ लाग्नुपर्छ।” 

    images
    images

    नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलनपश्चात् कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्ने बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थमन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गर्नुभयो। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताउनुभयो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend