images

२०८३ आश्विन २२ गते

images
images
images

बोलकबोल विधिबाट नयाँ धानको कारोबार

बोलकबोल विधिबाट नयाँ धानको कारोबार

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  •  काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले पर्सा र सुनसरी जिल्लामा नयाँ धानको खरिदबिक्रीका लागि बोलकबोल प्रक्रिया सुरू गरेको छ।यो वस्तुको पारदर्शी मूल्य निर्धारण गर्ने वैज्ञानिक पद्धति हो। बोलकबोलको माध्यमबाट कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ता दुबैलाई फाइदा हुन्छ।

    images
    images

    कम्पनीले विशेष गरी किसानहरूले आफ्नो अन्नको प्रतिस्पर्धात्मक मूल्य प्राप्त गरुन् भन्ने उद्देश्यले बोलकबोलको सुविधा उपलब्ध गराएको कम्पनीका महाप्रबन्धक नरेन्द्र प्रसाद भट्टले बताएका छन्।

    हाल राइस मिलहरूले सिधै किसान कहाँ गएर वा कृषि सहकारी तथा अन्न संकलन गर्ने व्यापारी मार्फत खरिद गरी रहेका छन्। यसरी छरिएर रहेका किसानहरू र खरिदकर्ताहरूले एकातिर सही मूल्य पाई रहेका छैनन् भने अर्कोतिर यो दुवै पक्षहरूको लागि झन्झटिलो छ।यसलाई व्यवस्थित गरी छरिएर रहेका किसान र खरिदकर्ताहरूलाई एकै स्थानमा ल्याई बोलकबोल प्रक्रिया सुरू गरेको भट्टले बताए।

    images
    images

    बोलकबालको यो प्रक्रियामा किसान, कृषि सहकारी तथा अन्न संकलन गर्ने व्यापारीले नेपाल वेयरहाउजिङ कम्पनीको अक्सन प्याल्याटफममा धान लिएर आउँछन्।अक्सनका लागि आएका धानका गाडी वा ट्याक्टरहरूलाई पहिले आएकोलाई पहिलो प्राथमिकता दिने गरी राखिन्छ र धानको गुणस्तर जाँच गरिन्छ।

    सरकारले तोकेको समर्थन मूल्य, धानको गुणस्तर र बजारमा चलनचल्ती मूल्यलाई आधार बनाई बिक्रीकर्तालाई स्वीकार्य हुने गरी आधार मूल्यमा तय गरिन्छ।आधार मूल्य वा सो भन्दा माथिको मूल्यमा किन्न इच्छुक धान खरिदकर्ताहरूले आफ्नो बोली लगाउन सक्छन्।सबैभन्दा बढी धानको मूल्यको बोली लगाउने खरिदकर्ताले उक्त गाडी वा ट्याक्टरको धान खरिद गर्न पाउँदछ।

    कम्पनीले पहिले पनि नमूनाको रूपमा बोलकबोल प्रक्रिया सुरू गरेको थियो।यो नेपालको लागि नयाँ अभ्यास भएको र छरिएर रहेका किसानहरूलाई राम्रो सँग बुझाउन समय लाग्ने भएकोले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन।समयसँगै यसले राम्रो स्थान लिने भएकोले अब नेपालमा उत्पादन हुने सबै प्रमुख अन्नबालीहरूको बोलकबोलको सुविधा प्रदान गर्ने योजना कम्पनीको रहेको उनले बताए।

    कम्पनीले साइलो प्रविधिमा गहुँ, मकै र भटमासको आधुनिक खाद्यान्न भण्डारण गर्दै आइरहेको छ।सबैको अन्न खुला रूपमा एउटै साइलोमा भण्डारण हुने भएकोले सुरूमा धरैले भण्डारण गर्न मानेका थिएनन्।सुरूमा परीक्षणकै लागि केहीले थोरै मात्रामा मात्र राखेका थिए। सात आठ महिना भण्डारण गर्दा पनि अन्नको गुणस्तरमा कुनै कमी नआएको देखेपछि अहिले किसानहरूले अग्रिम बुकिङ गरिरहेको उनी बताउँछन्।

    उद्योगहरूले समेत साइलोमा राखिएको मकै जस्ता अन्नमा प्रतिकेजी २५–५० पैसा बढी दिन तयार भइरहेको कम्पनीको दाबी छ। कम्पनीले आउने सिजनमा भण्डारण क्षमताभन्दा बढी माग आउने विश्वास गरेको छ। यसरी नै विस्तारै बोलकबोलले पनि बजार लिने कुरामा कम्पनी विश्वस्त रहेकोको कुरा समेत उनले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend