images

२०८३ कार्तिक ३ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले पेन्सन कोषको रकम निक्षेपमा...

राष्ट्र बैंकले पेन्सन कोषको रकम निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले पेन्सन कोषको रकम निक्षेपमा लगानी गर्ने

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं - नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६८ अर्ब रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । 

    images
    images

    केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ६८ करोड ५० लाख मुद्धती निक्षेपमा लगानी गर्ने बताएको हो । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ५४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १० करोड २७ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ४५ लाख ५० हजार रुपैयाँ लगानी गर्ने बताएको छ।

    केन्द्रीय बैंकले मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने लगायतका शर्तहरु राखेको छ ।

    images
    images

    मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १० गते ३ बजेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । यस्तो मुद्दति निक्षेप २०८१ मंसिर १६ गतेदेखि २०८२ मंसिर १६ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend