images

२०८३ आश्विन २२ गते

images
images
images

सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन

सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं ।जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा रु ३२ लाख बराबर भेटी सङ्कलन भएको छ । 

    images
    images

     यसवर्ष लागेको मेलामा श्रद्धालु भक्तजनले दानका रूपमा चढाएका सुन तथा नगदसहित रु ३२ लाख ८१ हजार आठ सय ७० बराबर भेटी सङ्कलन भएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । गत कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको मेला अवधिभर सो भेटी सङ्कलन भएको हो ।

     मन्दिरमा हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा चिच्याएर वरदान माग्ने मेला लाग्दै आएको छ । पूर्णिमा कात्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको अध्यक्ष गाहाले बताउनुभयो ।

    images
    images

     मेलामा दर्शन गर्न आएका दर्शनार्थीले सुनचाँदी, नगद, जिन्सीलगायत सामग्री दानका रूपमा मन्दिरमा चढाउने गर्दछन् । यसवर्षको मेला करिब तीन लाख दर्शनार्थीले अवलोकन गरेका समितिले जनाएको छ । गतवर्षको मेलामा रु १८ लाख ५० हजार रकम सङ्कलन भएको थियो ।

    सत्यवती बज्जै कान नसुन्ने बहिरी भएकाले चिच्चाएर वरदान माग्नु परेको स्थानीय बुढापाका बताउँछन् । सत्यवती बज्जैसँग चिच्चाएर मागेको वर पूरा हुने भन्दै टाढा–टाढाबाट भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका छन् ।

    सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरिपरि घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । मन्दिर नजिकै तालमा सत्यवती बज्जैलाई सम्झेर बाँसको लिङ्गो गाडी चिच्याएर वरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको व्यवस्थापन समितिका अध्यक्ष गाहाले उल्लेख गर्नुभयो ।

    मन्दिर दर्शन गर्न तथा वरदान माग्न पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङका साथै भारतको गोरखपुर, लखनउलगायत क्षेत्रबाट भक्तजन आउने गर्दछन् । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend