images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • चितवनमा घट्यो धान उत्पादन,प्रतिहेक्टर ४ दशमलव...

चितवनमा घट्यो धान उत्पादन,प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन

चितवनमा घट्यो धान उत्पादन,प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं ।  गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यसवर्ष बर्खे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।

    images
    images

    यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । उक्त कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ ।

    पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाइट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ ।

    images
    images

    जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend