images

२०८३ आश्विन २२ गते

images
images
images

सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, चार महिनामा बढ्यो करिब ८५ अर्ब

सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, चार महिनामा बढ्यो करिब ८५ अर्ब

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । सरकारको सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालले लिएको यस्तो ऋण पछिल्लो चार महिनामा मात्रै ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको सुरुमा यस्तो सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो ।

    images
    images

    यस्तो ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६५ अर्ब रुपैयाँ रहेको पनि सार्वजनिक ऋण कार्यायलले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ ।

    सरकारले पछिल्लो ४ महिनामा ८६ अर्ब ३१ करोड रुपैयाँ ऋणको सावा र ब्याज भुक्तानी गरेको छ । यस्तो रकम आन्तरिक ऋणकोलागि ७२ अर्ब ७४ करोड र बाह्य ऋणको लागि १३ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको पनि तथ्यांकमा देखिएको छ ।

    images
    images

    सरकारले लिएकाे यो ऋण हालकाे करिब २ करोड ९६ लाख ३८ हजार जनासंख्याको आधारमा हरेक नेपालीकाे थाप्लोमा करिब ८५ हजार रुपैयाँ ऋणभार पर्ने देखिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend