images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर...

तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो कर्जा १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म ९९ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

    चालु आर्थिक वर्षको असार मसान्तयता यस्तो कर्जा १७.५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

    images
    images

    १ करोड रुपैयाँमाथिको सेयर कर्जा सबैभन्दा धेरै छ । असोज मसान्तसम्म यस्तो कर्जाको रकम ६९ अर्ब ९७ करोड रुपैयाँ छ । यो वर्गको कर्जा वृद्धि दर पनि उच्च छ । असार मसान्तयता यो सीमाको कर्जा २५.१ प्रतिशत बढेको छ ।

    असार यता यो कर्जा ३.१ प्रतिशत बढेको छ । २५ लाखमुनिको कर्जा ७ अर्ब ३९ करोड प्रवाह भएको छ । असार मसान्तयता यो कर्जा १.१ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend