images

२०८३ मंसिर १३ गते

images
images
images
  • समाचार
  • मुस्ताङमा भारतीय सहयोगमा ८ करोड ९०...

मुस्ताङमा भारतीय सहयोगमा ८ करोड ९० लाखको विद्यालय भवन, शिक्षक आवास र छात्रावास निर्माण हुने

मुस्ताङमा भारतीय सहयोगमा ८ करोड ९० लाखको विद्यालय भवन, शिक्षक आवास र छात्रावास निर्माण हुने

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • मुस्ताङ । गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित घरपझोङ गाउँपालिका–२ मा रहेको श्री जनबल माध्यमिक विद्यालयको नयाँ भवन, शिक्षक आवास र छात्रावास निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डे र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बिहीबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।भारत सरकारको करिब आठ करोड ९० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा यी संरचना निर्माण हुन लागेका हुन् । उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गतको यो योजना घरपझोङ गाउँपालिका, मुस्ताङमार्फत कार्यान्वयन हुनेछ र यो मुस्ताङ जिल्लामा सञ्चालन हुने १८ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

    images
    images

    शैक्षिक पूर्वाधार सुदृढीकरण र गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्न भारत सरकारले निरन्तर दिँदै आएको विकास सहयोगप्रति घरपझोङ गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाले आभार व्यक्त गरे ।कट छिमेकीका रूपमा भारत र नेपालबीच बहुक्षेत्रीय र व्यापक सहकार्य हुँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताप्राप्त क्षेत्रमा पूर्वाधार विस्तारका साथै आर्थिक वृद्धि र विकासलाई सघाउँदै दुई देशबीचको विकाससाझेदारीको गहिराइ तथा सबलतालाई झल्काउँछ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend