images

२०८३ मंसिर १३ गते

images
images
images
  • समाचार
  • गोरखाका चार विद्यालयका २६६ विद्यार्थीलाई न्यानो...

गोरखाका चार विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

गोरखाका चार विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • गोरखा । गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले गोरखाका दुई गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् ।फाउण्डेशनले सिरानचोक र अजिरकोट गाउँपालिकाका चार विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी २६६ जना विद्यार्थीलाई ट्र्याक सुट, टी-सर्ट तथा शैक्षिक सामग्री वितरण गरेको हो ।सिरानचोक गाउँपालिका–८ स्थित परोपकार आदर्श माध्यमिक विद्यालय, सत्यवती प्राथमिक विद्यालय र फिनाम आधारभूत विद्यालय तथा अजिरकोट गाउँपालिका–४ सिम्जुङस्थित चन्द्रकला आधारभूत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

    images
    images

    कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष राधा सापकोटा ढकाल, कार्यकारी सदस्य अनिशा अधिकारी, सिरानचोक–८ का वडाध्यक्ष दलमान गुरुङ र परोपकार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र दवाडीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए ।फाउण्डेशनकी अध्यक्ष ढकालले बालबालिकामा गरिएको लगानीले भविष्यमा समाज र देशको मुहार फेर्न सहयोग पुग्ने बताइन् । विद्यार्थीलाई उपलब्ध गराइएको न्यानो कपडा र शैक्षिक सामग्रीले उनीहरूको आत्मविश्वास बढाउनुका साथै सिकाइ प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरेको उनले बताइन् ।सिरानचोक–८ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान गुरुङले विद्यार्थीका लागि सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिँदै हाल कक्षा सातसम्मका विद्यार्थीलाई लक्षित कार्यक्रम कक्षा १२ सम्म विस्तार गर्न आग्रह गरे । स्थानीय तहको अधिकार क्षेत्रभित्र विद्यालय शिक्षा रहे पनि पर्याप्त स्रोतसाधनको अभावमा विद्यार्थीका आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको उनले बताए । सामाजिक संघसंस्थाबाट हुने सहयोगले विद्यार्थीको हौसला र आत्मविश्वास बढाउने उनको भनाइ थियो ।

    परोपकार आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक दवाडीले फाउण्डेशनको सहयोगलाई पुण्य र प्रेरणादायी कार्यका रूपमा लिएको बताए । बालबालिकाको सिकाइ प्रक्रियामा समाजका सबै तहबाट सहयोग हुन सके दक्ष र आत्मनिर्भर नागरिक तयार गर्न मद्दत पुग्ने उनले उल्लेख गरे ।त्यस्तै, अजिरकोट–४ सिम्जुङस्थित चन्द्रकला आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष जंगबहादुर गुरुङले विद्यार्थी सङ्ख्या कम भएको भन्दै पर्याप्त अध्ययनबिना विद्यालय मर्ज गर्न नहुने बताए । पहुँचयुक्त विद्यालयमा निःशुल्क शिक्षा पाउनु बालबालिकाको मौलिक हक भएको उल्लेख गर्दै उनले संघीय व्यवस्थापछि पनि स्थानीय सरकारले माध्यमिक तहसम्मको शिक्षा सञ्चालनमा पूर्ण स्वायत्तता पाउन नसकेको गुनासो गरे ।फाउण्डेशनले उपलब्ध गराएको सामग्री विद्यार्थी र विद्यालयका लागि महत्त्वपूर्ण सहयोग भएको उनले बताए । सो अवसरमा स्थानीय समाजसेवी चन्द्रबहादुर गुरुङले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend