images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २...

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ४२ हजार ८०० र चाँदी ३ हजार ७५ रुपैयाँ कायम

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ४२ हजार ८०० र चाँदी ३ हजार ७५ रुपैयाँ कायम

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ४० रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend