images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • एक्स्ट्रिमका पाँच नयाँ फ्लेभर बजारमा, उपभोक्ताले...

एक्स्ट्रिमका पाँच नयाँ फ्लेभर बजारमा, उपभोक्ताले अब छान्न पाउनेछन् फरक स्वाद

एक्स्ट्रिमका पाँच नयाँ फ्लेभर बजारमा, उपभोक्ताले अब छान्न पाउनेछन् फरक स्वाद

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । इनर्जी ड्रिंक ब्रान्ड एक्स्ट्रिमले उपभोक्ताका लागि पाँच नयाँ फ्लेभर बजारमा ल्याएको छ । उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै कम्पनीले नयाँ स्वादका विकल्प सार्वजनिक गरेको हो ।

    images
    images

    नयाँ फ्लेभरअन्तर्गत ग्रिन एप्पल स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

    त्यसैगरी, रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा उपलब्ध गराइएको छ।

    images
    images

    कम्पनीका अनुसार नयाँ फ्लेभरमार्फत उपभोक्तालाई एउटै ब्रान्डअन्तर्गत फरक–फरक स्वाद रोज्ने अवसर प्रदान गर्न खोजिएको हो । आकर्षक नाम र विविध स्वादसहित सार्वजनिक गरिएका यी उत्पादनको बिक्री वितरण समेत सुरु भइसकेको छ ।

    पछिल्लो समय उपभोक्ताको रुचि र बजारको मागमा आइरहेको परिवर्तनलाई सम्बोधन गर्दै एक्स्ट्रिमले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरेको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो स्वाद र रोजाइअनुसार उत्पादनमा विविधता थप्दै जाने लक्ष्य राखेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend