images

२०८३ मंसिर १२ गते

images
images
images
  • कृषि
  • कैलालीमा १५ हजार ८५२ क्विन्टल धान...

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • धनगढी, ९ मङ्सिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ ।

    images
    images

    कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको धान खरिद प्रक्रिया अन्तर्गत हालसम्म १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरिएको हो ।

    सरकारले चालू आर्थिक वर्ष २०८३।८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० निर्धारण गरेको छ । सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

    images
    images

    यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गत वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल घटाइएको हो ।

    कम्पनीले जिल्लाका मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ । विवरणअनुसार हालसम्म मोहनपुर केन्द्रबाट तीन हजार ९७० दशमलव ३७ क्विन्टल, टीकापुरबाट दुई हजार ६७५ दशमलव ४६, सत्तीबाट तीन हजार ६६ दशमलव ३५, गौरीगङ्गाबाट एक हजार ६५२ दशमलव एक, भजनीबाट दुई हजार ३९० दशमलव पाँच र जोशीपुरबाट दुई हजार ९७ दशमलव ४९ क्विन्टल धान खरिद भएको छ ।

    सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ । तर, गत वर्षको तुलनामा यस वर्ष खरिद कोटा घटाइएकाले सरकारी खरिद प्रणालीबाट लाभान्वित हुने किसानको सङ्ख्या र खरिद हुने धानको परिमाण प्रभावित हुन सक्ने देखिएको छ ।

    यसैबीच, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा धान खरिदको कोटा बढाउन माग भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्लामा यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल खरिद गर्न माग गरेको छ ।
     
    कार्यालय प्रमुख थापाका अनुसार समितिको गत कात्तिक २० गतेको निर्णयअनुसार कोटा बढाउन केन्द्रमा पहल भइरहेको छ । कोटा थप गर्ने विषयमा निर्णय भएपछि खरिद प्रक्रिया अघि बढ्ने उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend