images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • लगातार घटेको सुनचाँदीमा उछाल, एकैदिन सुन...

लगातार घटेको सुनचाँदीमा उछाल, एकैदिन सुन तोलामा ४८ सयले बढ्यो!

लगातार घटेको सुनचाँदीमा उछाल, एकैदिन सुन तोलामा ४८ सयले बढ्यो!

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौं । लगातारको गिरावट पछि सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा घटेको सुनचाँदीको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार सुन तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend