images

२०८३ मंसिर १२ गते

images
images
images
  • अटो
  • लिखित परीक्षा बुकिङको कोटा पुनः खुल्यो,...

लिखित परीक्षा बुकिङको कोटा पुनः खुल्यो, मंसिर ६ गते परीक्षा हुने

लिखित परीक्षा बुकिङको कोटा पुनः खुल्यो, मंसिर ६ गते परीक्षा हुने

images
images
बिहिवार, मंसिर ३ २०८३
बिहिवार, मंसिर ३ २०८३
  • काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय कलंकीले लिखित परीक्षाको बुकिङ कोटा पुनः खुला गरेको छ।

    images
    images

    कार्यालयले बिहीबार सूचना जारी गर्दै आगामी मंसिर ६ गते शनिबार सञ्चालन हुने लिखित परीक्षाका लागि बुकिङ कोटा खुला गरिएको जनाएको हो।

    सूचनाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडतर्फको वर्ग ‘ए’ तथा स्कुटर र मोपेडतर्फको वर्ग ‘के’ को लिखित परीक्षा चौथो सिफ्टमा सञ्चालन हुनेछ। दुवै वर्गको परीक्षा दिउँसो २ बजेदेखि २ः३० बजेसम्म हुनेछ।

    images
    images

    कार्यालयका अनुसार परीक्षा बुकिङ गर्दा उपलब्ध हरियो रङको मिति छनोट गर्नुपर्नेछ। कोटा फूल भएमा उक्त मिति स्वतः रातो रङमा परिवर्तन हुनेछ।

    त्यस्तै, परीक्षार्थीले परीक्षा दिन आउँदा तोकिएको मितिको एक दिनअघि बेलुका ६ बजेसम्ममा आफ्नो समूहअनुसार खुला रहेको सिफ्टमा उपस्थित हुनुपर्नेछ।

    परीक्षार्थीले परीक्षा मिति छनोट गरेपछि Exam Entrance Card अनिवार्य रूपमा डाउनलोड गर्नुपर्ने र परीक्षामा प्रवेश गर्दा राष्ट्रिय परिचयपत्रसमेत अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने कार्यालयले जनाएको छ।

    May be an image of text

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend