images

२०८३ मंसिर १२ गते

images
images
images
  • अटो
  • होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजनाका...

होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजनाका पहिलो तीन साताका २१ विजेता घोषणा

होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजनाका पहिलो तीन साताका २१ विजेता घोषणा

images
images
बुधवार, मंसिर २ २०८३
बुधवार, मंसिर २ २०८३
  • काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंको अवसरमा सञ्चालन गरेको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत पहिलो तीन साताका २१ जना विजेता घोषणा गरेको छ।कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानमार्फत सातै प्रदेशबाट हरेक हप्ता एक/एक जना विजेता छनोट गर्ने व्यवस्था गरेको थियो। लक्की ड्रमार्फत छनोट भएका विजेताले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार जितेका छन्।

    images
    images

    योजनाअन्तर्गत पहिलो हप्तामा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), प्रदेश २ बाट अफजल मियाँ (एक लाख रुपैयाँ), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), प्रदेश ४ बाट विज्ञान लामा (१० हजार रुपैयाँ), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), प्रदेश ६ बाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) विजेता बनेका छन्।त्यस्तै, दोस्रो हप्तामा प्रदेश १ बाट विकासकुमार यादव (१० हजार रुपैयाँ), प्रदेश २ बाट सुन लामा (१० हजार रुपैयाँ), प्रदेश ३ बाट राजु महर्जन (२५ हजार रुपैयाँ), प्रदेश ४ बाट बलराम थापा (५० हजार रुपैयाँ), प्रदेश ५ बाट पुष्पा थारु (१० हजार रुपैयाँ), प्रदेश ६ बाट मानसिंह दाहाल (एक लाख रुपैयाँ) र प्रदेश ७ बाट विनिता पाठक (१० हजार रुपैयाँ) विजेता भएका छन्।

    यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (५० हजार रुपैयाँ), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (१० हजार रुपैयाँ), प्रदेश ३ बाट दिशान्त विष्ट (१० हजार रुपैयाँ), प्रदेश ४ बाट मनोज घिमिरे (१० हजार रुपैयाँ), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (१० हजार रुपैयाँ), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (१० हजार रुपैयाँ) र प्रदेश ७ बाट जुजेस्टर राणा (१० हजार रुपैयाँ) विजेता बनेका छन्।कम्पनीले यस योजनालाई पुरस्कार वितरणमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ। विजेताले प्राप्त गर्ने पुरस्कार रकम बराबरकै थप रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। यसरी ग्राहकले जितेको रकमसँगै कम्पनीले पनि विपद् व्यवस्थापनका लागि योगदान गर्नेछ।

    images
    images

    ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै कम्पनीले योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरेको जनाएको छ। यस अवधिमा थप ग्राहकले योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।स्याकार ट्रेडिङ कम्पनीले विजेताहरूलाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend