काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । सार्वजनिक मूल्यसूची अनुसार आज सुकेको भारतीय प्याजको औसत मूल्य प्रतिकिलो ९२ रुपैयाँ ५० पैसा र लोकल गाजरको ८५ रुपैयाँ कायम भएको छ ।समितिका अनुसार आज ठूलो गोलभेडा (नेपाली र भारतीय दुवै) प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ, जसको औसत मूल्य ६५ रुपैयाँ रहेको छ । त्यस्तै, सानो लोकल गोलभेडा प्रतिकिलो औसत १५ रुपैयाँ, टनेलको गोलभेडा ४१ रुपैयाँ र तराईको सानो गोलभेडा ३८ रुपैयाँ ७५ पैसामा किनबेच भइरहेको छ ।
आलुतर्फ रातो आलु (लाम्चो र गोलो दुवै) प्रतिकिलो औसत ४७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३२ रुपैयाँ ५० पैसा र सेतो आलु २९ रुपैयाँ ३३ पैसा तोकिएको छ ।यसैगरी, तराईको गाजर प्रतिकिलो औसत ५५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ र तराईको काउली प्रतिकिलो औसत १७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको समितिले जनाएको छ ।




.gif)



.gif)
