काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुनको मूल्य तोलाको ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ ।
हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार एक तोला चाँदीको मूल्य ३ हजार ४९० रुपैयाँ थियो ।




.gif)



.gif)
