images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • तिहारपछि सुनको मूल्य प्रतितोला १३ हजार...

तिहारपछि सुनको मूल्य प्रतितोला १३ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि २९० रुपैयाँ सस्तियो

तिहारपछि सुनको मूल्य प्रतितोला १३ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि २९० रुपैयाँ सस्तियो

images
images
मंगलवार, मंसिर १ २०८३
मंगलवार, मंसिर १ २०८३
  • काठमाडौं। नेपाली बजारमा तिहारपछि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । तिहारका बेला प्रतितोला २ लाख ८३ हजार रुपैयाँ पुगेको सुन सोमबारसम्म आइपुग्दा १३ हजार ९०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबारका लागि भने महासंघले नयाँ मूल्य निर्धारण गर्न बाँकी छ ।

    images
    images

    महासंघका अनुसार तिहारअघि अर्थात् कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो । तिहार सकिएपछि कात्तिक २७ गते मूल्य घटेर २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो । त्यसपछि कात्तिक २९ गते २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको सुन सोमबार थप घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।यसैगरी, तिहारपछि चाँदीको मूल्य पनि प्रतितोला २९० रुपैयाँले घटेको छ । तिहारअघि प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार ५२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।सोमबार १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend