images

२०८३ मंसिर १२ गते

images
images
images
  • अन्य
  • भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट...

भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

images
images
सोमवार, कार्तिक ३० २०८३
सोमवार, कार्तिक ३० २०८३
  • काठमाडौं । भन्सार छलेर सुन ल्याएको आरोपमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    images
    images

    हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक झान जुओक्विङलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

    विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरेको थियो । सो क्रममा जाँच गर्दा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर राखिएको सुनजस्तो देखिने पहेँलो वस्तु फेला परेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    images
    images

    उनका अनुसार बरामद गरिएको गोलाकार अर्धठोस पदार्थको तौल ६३४.९६ ग्राम रहेको छ ।

    पक्राउ परेका चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । बरामद पदार्थ सुन नै हो वा होइन भन्ने पुष्टि गर्न परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend