images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • म्याक्स टाइगरको ‘दशैं धमाका’मा प्रदीप लामाले...

म्याक्स टाइगरको ‘दशैं धमाका’मा प्रदीप लामाले जिते प्रोटोन कार,

म्याक्स टाइगरको ‘दशैं धमाका’मा प्रदीप लामाले जिते प्रोटोन कार,

२८ जनाले पाए मोटरसाइकल र स्कुटर

images
images
सोमवार, कार्तिक ३० २०८३
सोमवार, कार्तिक ३० २०८३
  • काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियान अन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कार स्वरूप प्रोटोन कार जितेका छन्। त्यस्तै, देशका विभिन्न स्थानका २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्।

    images
    images

    कार विजेता लामाले एउटा क्यानबाटै यति ठूलो पुरस्कार जित्न पाउँदा आफू निकै खुसी भएको बताएका छन्। कार जितेको खबर सुन्दा सुरुमा विश्वास गर्न नसकेको उल्लेख गर्दै उनले यो आफ्नो परिवारका लागि समेत खुसीको क्षण भएको बताएका छन्। उनले म्याक्स टाइगरलाई धन्यवाद समेत दिएका छन्।

    कम्पनीका अनुसार अभियान अन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जिति सकेका छन्।

    images
    images

    मोटरसाइकल जित्नेहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा, लहानका रुपेश महतो, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी रहेका छन्।

    त्यस्तै, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन्।

    स्कुटर जित्नेहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन्।

    यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले स्कुटर जितेका छन्।

    म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियान अन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो। हालसम्म २८ जनाले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै आठ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।

    कम्पनीले अभियान मार्फत उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको जनाएको छ। एउटा क्यानबाटै पुरस्कार जित्न सकिने अवसर अझै बाँकी रहेकाले अभियानमा सहभागी हुन कम्पनीले उपभोक्तालाई आग्रह गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend