images

२०८३ मंसिर १२ गते

images
images
images

आज तरकारी तथा फलफूलको थोक मूल्य

आज तरकारी तथा फलफूलको थोक मूल्य

images
images
मंगलवार, कार्तिक २४ २०८३
मंगलवार, कार्तिक २४ २०८३
  • काठमाडौं, २४ कात्तिक। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

    images
    images

    समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार कालीमाटी बजारमा आज केही तरकारीको मूल्य बढेको छ भने काउली, बन्दा, ब्रोकाउली, भिन्डीलगायतका तरकारीको मूल्य घटेको छ।

    आज कन्य च्याउको मूल्य प्रतिकिलो १७३ रुपैयाँ र डल्ले च्याउको मूल्य ५६६ रुपैयाँ पुगेको छ। अघिल्लो दिन कन्य च्याउ ११७ रुपैयाँ र डल्ले च्याउ ४२५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    त्यस्तै, आज स्थानीय काउली प्रतिकिलो ३२ रुपैयाँ, लोकल बन्दाको २६ रुपैयाँ र ब्रोकाउलीको ८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यी वस्तुको मूल्य क्रमशः ३४, ३० र ९५ रुपैयाँ थियो।

    भिन्डीको मूल्य पनि प्रतिकिलो ८३ रुपैयाँबाट घटेर ७६ रुपैयाँ कायम भएको छ। लोकल गाँजर ८६ रुपैयाँबाट घटेर ८४ रुपैयाँ र हाइब्रिड मुला ३५ रुपैयाँबाट घटेर २८ रुपैयाँमा झरेको छ।
    आज कालीमाटी बजारमा तरकारीको थोक मूल्य

    खुद्रा बजारमा मूल्य अझै महँगो

    कालीमाटी बजारमा सार्वजनिक गरिएको मूल्य थोक कारोबारको मूल्य हो। उपभोक्ताले खुद्रा बजारबाट खरिद गर्दा ढुवानी, व्यवसायीको लागत तथा नाफालगायतका कारण यी मूल्यभन्दा बढी तिर्नुपर्ने हुन्छ।

    समितिको मूल्यसूचीअनुसार आज अधिकांश तरकारीको मूल्यमा सामान्य उतारचढाव देखिए पनि च्याउको मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend