images

२०८३ कार्तिक २९ गते

images
images
images

खानीखोला हाइड्रोपावर नोक्सानीबाट नाफामा,

खानीखोला हाइड्रोपावर नोक्सानीबाट नाफामा,

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नोक्सानीबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    images
    images

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ८९ लाख १४ हजार रुपैयाँ खुद घाटामा रहेको थियो। विद्युत् बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धि र सञ्चालन खर्च तथा ब्याज खर्चमा आएको कमीले कम्पनीको वित्तीय अवस्थामा सुधार आएको हो।

    समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २७६ प्रतिशतभन्दा बढीले वृद्धि भएर ६ करोड ८५ लाख २२ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ८२ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीका दुवै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले आम्दानी बढेको हो।

    images
    images

    त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य बढेको छ। गत वर्ष १ करोड १५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा समीक्षा अवधिमा बढेर ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ।

    कम्पनीको बैंक ब्याज खर्चमा समेत कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा १ करोड ९३ लाख रुपैयाँ रहेको ब्याज खर्च यस वर्ष घटेर ९१ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ।

    वित्तीय अवस्थामा सुधार आएसँगै कम्पनीको सञ्चित नोक्सानीसमेत घटेको छ। गत वर्ष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ८ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार रुपैयाँ रहेको छ भने दीर्घकालीन ऋण ५९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।

    त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ऋणात्मक अवस्थाबाट सुधार भएर १५ रुपैयाँ ७१ पैसा धनात्मक पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९० रुपैयाँ ७८ पैसा कायम भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend